चितवनका शिक्षक ओमराज मैनाली मृत भेटिए

सफल खबर संवाददाता

विहीबार, ११ बैशाख २०८२, १२ : ३६
चितवनका शिक्षक ओमराज मैनाली मृत भेटिए

चितवन । चितवनका शिक्षक ओमराज मैनाली मृत भेटिएका छन । उनि देवघाटस्थित नदी जलमापन केन्द्र नजिकै आज साँझ ५ः४० बजे मृत भेटिएका हुन । तीन दिनदेखि सम्पर्कबिहिन उनको खोजी तीब्र पारिएको थियो ।

पछिल्लो समय उनि भरतपुर महानगरपालिका वडा नम्वर-२ स्थित न्यू होराइजन इङ्लिस स्कुलमा प्राचार्यमा नियुक्त भएका थिए । न्यू होराइजनमा मैनालीले केही दिन मात्र काम गरे ।  यसअघि मैनाली भरतपुरको अंकुरम एकेडेमीमा सहायक प्राचार्यको रुपमा कार्यरत थिए ।

उनि ८ गते साँझ ७ः३० बजे घरबाट निस्किएका थिए । राती ८ः३० बजेदेखि उनको मोबाइल अफ भएको थियो भने मोटरसाइकल देवघाटको पुल छेउमा फेला परेको थियो । मोटरसाइकलका आधारमा प्रहरीले नारायणी किनार क्षेत्रमा खोजी तीब्र पारेको थियो । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।