एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्को हप्ता साउदी अरेबियामा अमेरिकासँग वार्ता हुने बताएका छन् । उनले युक्रेनले जतिसक्दो चाँडो स्थायी शान्तिका लागि काम गरिरहेको बताए । यो महत्वपूर्ण बैठक हुने उनले आशा व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस-युक्रेन युद्ध अन्त्य गर्न शान्तिका लागि रोडम्याप छलफल गर्न चाहेको बताए।
गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो । जसमा ट्रम्पले जेलेन्स्की लडाइँ अन्त्य गर्न तयार नभएको बताएका थिए ।
यसैबीच अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ र गुप्तचर सूचना आदान प्रदान गर्न बन्द गरेको छ ।
युक्रेनी राष्ट्रपतिले घटनाप्रति दुःख व्यक्त गर्दै देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँगको सम्बन्ध सुधार गर्न प्रयासरत रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २३ फागुन २०८१, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीच भनाभन हुँदा वार्तामै तनाव
अमेरिकाबाट सुरक्षा ग्यारेन्टी पाइने अपेक्षाबारे यस्तो भन्छन् जेलेन्स्की
खनिज सम्झौता गर्न जेलेन्स्की अमेरिका जाने
‘नाटोको सदस्यता पाए राजीनामा दिन तयार छु’: जेलेन्स्की
शान्ति हुन्छ भने कुर्सी छाड्न तयार छु : जेलेन्स्की
जेलेन्स्की तानाशाह भएको ट्रम्पको आरोप