काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालमा सञ्चालन हुने एसईई परीक्षाको रजिष्ट्रेसन फाराम भर्न विद्यालय र विद्यार्थीलाई सूचित गरेको छ।
बोर्डले आज सूचना जारी गर्दै शैक्षिक सत्र २०८२ मा कक्षा १० मा साधारण, परम्परागत (संस्कृत वेदविद्याश्रम गुरुकुल मदरसा, गोन्पा) र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीलाई ०८२ सालको एसईई मा समावेश हुनको लागि फार्म भर्न अनुरोध गरेको हो।
आजदेखि आगामी जेठ ११ गतेभित्र फाराम भरिसक्न पनि बोर्डले विद्यालय र विद्यार्थीहरुलाई सचेत गराएको छ। बोर्डले आगामी चैतमा सञ्चालन हुने एसईईको फाराम भर्न अनुरोध गरे पनि हाल शिक्षक आन्दोलनका कारण देशैभरिका सामुदायिक विद्यालय बन्द अवस्थामा छन्।
विद्यालय बन्द गरेर शिक्षकहरु विगत २३ दिनदेखि राजधानी काठमाडौँ केन्द्रीत आन्दोलनमा सहभागी भएका कारण सामुदायिक विद्यालयमा नयाँ भर्ना अभियानसहित सबै शैक्षिक गतिविधि ठप्प छ।
गएको चैतमा सञ्चालन भएको ०८१ सालको एसईईको कापी पनि परीक्षण सुरु भएको छैन। यसले लाखौँ विद्यार्थीको भविष्य जोखिममा परेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को परीक्षा सर्यो
सरकारले १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने
कक्षा १२ को परीक्षाबारे निर्णय लिन परीक्षा बोर्डको बैठक बस्दै
आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा स्थगित हुने सम्भावना
कक्षा १२ को परीक्षा ११ गतेदेखि, शिक्षकको आन्दोलन नरोकिए प्रभावित हुने
कक्षा १२ को परीक्षा,का कुनै पनि काममा सहभागी नहुन शिक्षकहरूलाई महासंघको अपिल