एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको वार्तामै भनाभन भएको छ।
ह्वाइट हाउसमा उपराष्ट्रपति जेडी भान्सको साथमा रहेका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई विभिन्न आरोप लगाएपछि भनाभनको स्थिति बनेको हो।
ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने बताएपछि वार्तामा भनाभनको स्थिति बनेको थियो। भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि उनी कुराकानी छोडेर निस्किएका थिए।
अहिले युक्रेन र अमेरिका मात्र नभई संसार भरमा नै यसको चर्चा भएको छ। खनिज सम्झौता अहिले नहुने भएको छ। बैठक तनावपूर्ण भएर सकिएपछि जेलेन्स्कीले अमेरिकाले युद्धको क्रममा गरेको सहयोगमा धन्यवाद ज्ञापन गर्दै युक्रेन र अमेरिकाको सम्बन्ध दुई राष्ट्रपतिको सम्बन्ध भन्दा धेरैमाथि रहेको बताए।
ट्रम्पले सामाजिक सामाजिक सञ्जाल ट्र्थ सोसलमा जेलेन्स्कीले अमेरिकी नागरिकको अपमान गरेको आरोप लगाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ फागुन २०८१, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाबाट सुरक्षा ग्यारेन्टी पाइने अपेक्षाबारे यस्तो भन्छन् जेलेन्स्की
खनिज सम्झौता गर्न जेलेन्स्की अमेरिका जाने
‘नाटोको सदस्यता पाए राजीनामा दिन तयार छु’: जेलेन्स्की
शान्ति हुन्छ भने कुर्सी छाड्न तयार छु : जेलेन्स्की
जेलेन्स्की तानाशाह भएको ट्रम्पको आरोप
युक्रेनबारे रुस-अमेरिका वार्ता भएको थाहा पाउँदा आश्चर्य लाग्यो: जेलेन्स्की