किभ । युक्रेनको पूर्वी मोर्चामा भीषण लडाइँ भइरहँदा अमेरिका र युक्रेनबिच खनिज सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की खनिज सम्झौतामा हस्ताक्षर गर्न अमेरिका आउन लागेको भनेर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका पनि छन् ।
तर, युक्रेनले अहिलेसम्म सम्झौताबापत कुनै सुरक्षा ग्यारेन्टी नपाएको जेलेन्स्कीले बुधबार भनेका छन् ।‘म सुरक्षा ग्यारेन्टीबारे कुनै न कुनै टिप्पणी चाहन्थेँ र त्यहाँ (वार्तामा)मा यो हुनु आवश्यक छ,’ उनले भने ।
ट्रम्पले सुरक्षा ग्यारेन्टी दिएनन् भने उनी वार्ताबाट बाहिरिन्छन् त भनेर बीबीसीले जेलेन्स्कीलाई सोधेको पनि थियो । यसको जवाफमा उनले आफूले नेटोको सदस्यता वा यो जस्तै अन्य कुनै बाटो चाहेको बताएका थिए ।
आफूहरूलाई कुनै सुरक्षा ग्यारेन्टी दिइएन भने युद्धविराममा नजाने उनले स्पष्ट पारेका थिए । सुरक्षा ग्यारेन्टी नै नपाएपछि आफूहरूलाई अरू केही पनि काम नलाग्नेमा उनले जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र युक्रेनबीच फेरि वार्ता हुने, जेलेन्स्कीले यस्तो भने ?
ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीच भनाभन हुँदा वार्तामै तनाव
खनिज सम्झौता गर्न जेलेन्स्की अमेरिका जाने
‘नाटोको सदस्यता पाए राजीनामा दिन तयार छु’: जेलेन्स्की
शान्ति हुन्छ भने कुर्सी छाड्न तयार छु : जेलेन्स्की
जेलेन्स्की तानाशाह भएको ट्रम्पको आरोप