काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिको विकास कसैले रोकेर नरोकिने बताएका छन् । २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले ललितपुर महानगरपालिकाको विकास निर्माण रेगुलर बिजनेस भएको जिकिर गरे ।उनले आपत् विपद् आउँदा अति राम्रोसँग नगरवासीको सेवा गर्न सक्नुपर्ने बताए । नेपालमा रहेका २ सय ९३ वटा पालिकाहरुमध्ये विपद्को व्यवस्थापन र विपद्पछि त्यसलाई सम्बोधन गर्ने अवयवहरुमा ललितपुर महानगरपालिका अब्बल रहेको दाबी गरे ।
यसको आधार महानगरपालिकाले एकै छानामुनि विपद्को व्यवस्थापन गरेको दाबी गरे । कुनैपनि घटना हुनासाथ उद्धारका लागि चुस्तदुरुस्तका साथ अघि बढेको बताए ।
प्रमुख महर्जनले भने, ‘ललितपुर महानगरपालिकाले विकास निर्माण गर्दाखेरी काम भनेको यो चाहीँ एउटा रेगुलर बिजनेस हो । यो चाहीँ भइ नै रहन्छ । कसैले रोकेर रोकिँदैन। तर जब आपत विपद् आइपर्छ त्यो बेलामा हामीले अति राम्रोसँग नगरवासीको सेवा गर्न सक्नुपर्छ ।
तर यो भन्दै गर्दा मैले त दाबी गर्ने गरेको छु । नेपालमा २ सय ९३ वटा पालिकाहरु छन् । २ सय ९३ वटा स्थानीय पालिकाहरुमध्ये विपद्को व्यवस्थापन, विपद्पछि त्यसलाई सम्बोधन गर्ने अवयवहरुमा ललितपुर महानगरपालिका हामी अब्बल छौँँ, भनेर मैले दाबी गरिरहेको छु ।’
प्रमुख महर्जनले ट्राफिक जाममा अल्झिनु नपरेको अवस्थामा महानगरपालिकाबाट दिनुपर्ने सेवा ४ मिनेटभित्रमा दिइसक्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिरिबाबुको प्रस्ताव- चिडियाखाना राति पनि सञ्चालन गरौं, महानगरले लगानी गर्छ