काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षक आन्दोलनको सन्दर्भमा सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएको बताएका छन् ।
हिजो सर्वोच्च अदालतले तीन दिन भित्र विद्यालय सञ्चालन गर्नु भनी दिएको आदेश सरकारलाई दिएको भए पनि यसका पात्र शिक्षकहरू नै भएको पोखरेलको भनाइ छ ।
‘उक्त आदेश पछि सरकारका लागि अदालतको आदेशको कार्यान्वयन गर्नु पर्ने बाध्यता उत्पन्न भएको छ, उक्त आदेशको मूल पक्ष विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नु हो, सबै पक्ष जिम्मेवार बनौँ’, उनको भनाइ छ ।
आदेश सरकारका लागि भए पनि चिन्ता भने विद्यालय बन्द भएको कुरा प्रति र परीक्षा रोकिएको कुरा प्रति भएको उनको धारणा छ । शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर शिक्षकहरू झण्डै एक महिनादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
अदालतको आदेश सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट जारी गर्दछौँ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरूको हठका विरुद्धमा पनि भएको उनले स्पष्ट पारेका छन् ।
‘अब हठ त्यागेर अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण तयार गरौँ’, उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वपञ्चहरूले नै ज्ञानेन्द्र शाहका आपराधिक काम सार्वजनिक गरेका थिए : पोखरेल
सामाजिक सञ्जाल दुरुपयोग र साइबर अपराध रोक्न विधेयक आयो, गलत अर्थ लगाएर विरोध नगरौं : महासचिव पोखरेल
जबजले धेरै दलबीचको प्रतिस्पर्धा अपरिहार्य भनेको छैन : शंकर पोखरेल
रविलाई कानूनी कारबाही गर्दा विद्रोह हुन्छ, नारायणहिटीमा राजा पस्छन् भन्नेसम्मको कुप्रचार गरियो : शंकर पोखरेल
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल
प्रधानमन्त्रीको चिन भ्रमण महत्त्वपूर्ण र उपलब्धिमूलक हुन्छ : महासचिव पोखरेल