एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग खनिज सम्झौता गर्न युक्रेन तयार भएको घोषणा गरेका छन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सम्झौतामा हस्ताक्षर गर्न शुक्रबार अमेरिका आउने दाबी गरेका छन् ।
यो सम्झौतामा अमेरिकी सैन्य सहायताको बदलामा युक्रेनको दुर्लभ खनिज स्रोतको प्रयोग समावेश छ।
ट्रम्पको दबाब र धम्कीपछि यो सम्झौता हुने भएको हो । जेलेन्स्कीले रुसविरुद्धको युद्धमा सहयोगको नाममा ट्रम्पले अमेरिकाबाट हालसम्म प्राप्त गरेको करिब ५०० अर्ब डलर फिर्ता मागेको खुलासा गरेका छन् । 'यदि ट्रम्पलाई युक्रेनको खनिजको अधिकार नदिए ५०० अर्ब डलर फिर्ता गर्न युक्रेनको १० पुस्ता लाग्ने थियो ।'
सम्झौतामा युक्रेनलाई अमेरिकी सुरक्षा ग्यारेन्टीबारे भने केही उल्लेख छैन।
युक्रेनले युद्धविराम सम्झौताअन्तर्गत भविष्यमा हुने कुनै पनि रुसी आक्रमणबाट सुरक्षाको ग्यारेन्टी पाउनुपर्ने बताएको छ । तर, अमेरिकाले कुनै ग्यारेन्टी दिन अस्वीकार गरेको छ ।
जेलेन्स्कीले खनिज सम्झौताबाट प्राप्त आम्दानी युक्रेन र अमेरिकाको संयुक्त खातामा जम्मा गरिने र त्यसपछि युक्रेन अमेरिकाको ऋणी नरहने बताए ।
युक्रेनसँग विश्वको दुर्लभ कुल कच्चा पदार्थको लगभग ५ प्रतिशत छ। यसमा करिब १९ मिलियन टन ग्रेफाइटको भण्डार छ। यसबाहेक युरोपको कुल लिथियम भण्डारको ३३ प्रतिशत युक्रेनसँग छ।
युक्रेनसँग दुर्लभ र धेरै महत्त्वपूर्ण भण्डारहरू छन्। यद्यपि युद्धपछि, यीमध्ये धेरै रूसको नियन्त्रणमा गएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १५ फागुन २०८१, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नाटोको सदस्यता पाए राजीनामा दिन तयार छु’: जेलेन्स्की
शान्ति हुन्छ भने कुर्सी छाड्न तयार छु : जेलेन्स्की
जेलेन्स्की तानाशाह भएको ट्रम्पको आरोप
युक्रेनबारे रुस-अमेरिका वार्ता भएको थाहा पाउँदा आश्चर्य लाग्यो: जेलेन्स्की
रुसले युरोपमाथि हमला गर्ने तयारी गरिरहेको छ : जेलेन्स्की
पुटिनलाई भन्दा मोदीलाई शान्ति मनपर्छ : जेलेन्स्की