काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले बालबालिकाको भविष्यका बारेमा गम्भीर चिन्ता गर्दै दिएको निर्देशनात्मक आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा भएको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–'कतिपय शिक्षक नेताहरू उक्त आदेश सरकारका लागि हो भनेर तर्क गरिरहनु भएको छ । हो आदेश त सरकारलाई हो । तर चिन्ता विद्यालय बन्द भएको कुरा प्रति हो । त्यसमाथि सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनबाट जारी गर्दछौ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरूको हठका विरुद्धमा हो । '
हठ त्यागेर अनौपचारिक रूपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण तयार गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
'सर्वोच्चको आदेश पछि सरकारका लागि अदालतको आदेशको कार्यान्वयन गर्नु पर्ने बाध्यता उत्पन्न भएको छ । उक्त आदेशको मूल पक्ष विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नु हो । सबै पक्ष जिम्मेवार बनौँ', उनले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि काठमाडौंमा युवाहरूको ऐतिहासिक जमघट हुनेछ: शंकर पोखरेल
हाम्रो पार्टी र नेतृत्व विरुद्ध चौतर्फी हमला भइरहेको छ : शंकर पोखरेल
ज्ञानेन्द्रको ‘थ्रेट’ सामु राप्रपा निरिह बन्यो: शंकर पोखरेल
समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शन सकारात्मक: शंकर पोखरेल
धार्मिक राज्य र हिन्दु राजाबारे शंकर पोखरेल– 'भारतमा जस्तै नेपालमा पनि संविधानले दिँदैन'
फ्यालिएको राजतन्त्रका नाममा समय खेर नफालौँ : महासचिव पोखरेल