नवलपरासी (पूर्व) । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टा रहेकी छन् । ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा चमन सिंह गम्भीर घाइते भएका थिए । उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० फागुन २०७८, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
१४ वर्षीया किशोरीको हत्या, आरोपमा ५८ वर्षीय पुरुष पक्राउ
बञ्चरोले हानेर श्रीमतीको हत्या
गोरखामा एक महिलाको मध्यराति हत्या
श्रीमतीको हत्यापछि टाउको बोकर हिँडेको अवस्थामा युवक पक्राउ