बीपी राजमार्गमा निर्वाध चल्न थाले सवारी साधन

रासस

मंगलबार, २९ असोज २०८१, १४ : ४९
बीपी राजमार्गमा निर्वाध चल्न थाले सवारी साधन

काठमाडौं ।  बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएको छ । साना सवारी साधनलाई मात्रै अनुमति दिइएको राजमार्गमा साविकमा यातायात सञ्चालनका लागि अनुमति पाएका सबै सवारी साधन सञ्चालन गर्न खुल्ला गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

बाढी पहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेसी वर्षेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्णरुपमा बगाएकाले हाल नयाँ ट्रयाक निर्माण गरी सवारी साधनको लागि आवागमन खुलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस