सेयर बजार २७०० नजिक, ३ अर्ब ६ करोडको कारोबार

सफल खबर संवाददाता

मंगलबार, २९ असोज २०८१, १५ : १९
सेयर बजार २७०० नजिक, ३ अर्ब ६ करोडको कारोबार

काठमाडौं । दशैंपछि खुलेको सेयर बजार २७०० अंक नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३१. ४८ अंक (१.१७ प्रतिशत) बढेसँगै २६९९ मा कायम भएको छ ।

कारोबार रकम भने घटेको छ । दशैं विदाअघिको दिन ३ अर्ब ७६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६ करोडमा सीमित भयो । उत्पादनबाहेक सबै क्षेत्रका सूचक बढेका छन् । उत्पादन समूह ०.२२ प्रतिशत घट्यो । फाइनान्स सूचक सबैभन्दा धेरै ४.६१ प्रतिशत बढ्यो । बैंकिङ १.५९, विकास बैंक १.५६, होटल तथा पर्यटन ०.८०, हाइड्रोपावर ०.७२, लगानी १.५२, जीवन बीमा १.००, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५१, अन्य १.२१ तथा व्यापार समूह १.७६ प्रतिशत बढे ।

जानाकी फाइनान्स र मिथिला लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । मल्टिपर्पस फाइनान्सको ९.३२, समृद्धि फाइनान्सको ६.८४, सेन्ट्रल फाइनान्सको ६.३६ तथा आईसीएफसी फाइनान्सको ५.९४ प्रतिशत मूल्य बढ्यो ।

कारोबार रकमका आधारमा गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस