एजेन्सी । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक्षा बल (आईडीएफ) ले जनाएको छ।
हाइफाको दक्षिणमा २० माइल (३३ किलोमिटर) टाढा रहेको सहर बिन्यामिनाको छेउमा रहेको बेसमा भएको आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएको आईडीएफले जानकारी दिएको हो।
तेल अभिभ र हाइफाको बिचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल (आईडीएफ) गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको थियो । हिजबुल्लाहले आक्रमणको जिम्मेवारी लिएको छ ।
सशस्त्र समूहको मिडिया कार्यालयले बिहीबार दक्षिणी लेबनान र बेरुतमा इजरायली आक्रमणको जवाफमा आक्रमण गरिएको बताएको छ। समूहले उत्तरी इजरायलमा रहेको शिविरलाई ‘ड्रोनको झुन्ड’ प्रयोग गरेर निशाना बनाएको बताएको छ।
इजरायली एम्बुलेन्स सेवा, म्यागेन डेभिड एडोम (एमडीए) ले आक्रमणमा ६१ जना घाइते भएको बताएको छ - जसमा तीन जनाको अवस्था गम्भीर रहेको छ। ती मध्ये ३७ लाई एम्बुलेन्स वा हेलिकप्टरबाट आठ क्षेत्रीय अस्पतालमा लगिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २८ असोज २०८१, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले गरेको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु, सात घाइते
ड्रोनबाट सामान ढुवानी
काभ्रेको बाढी पिडित गाउँमा ड्रोनमार्फत खाद्यान्न ढुवानी
युक्रेनको रुसमाथि १४४ ड्रोनबाट आक्रमण
त्रिशूलीमा बस बेपत्ता : पानीभित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरेर खोजीकार्य शुरु
युक्रेनका सयभन्दा बढी ड्रोन नष्ट गरेको रुसको दाबी