काठमाडौँ । उदयपुरमा श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ छन् ।
मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेका हुन् । हत्यापछि टाउको लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको उदयपुरका एसपी हरिहर योगीले बताए ।
भारतबाट असोज १३ मा घर आएका जङ्गबहादुरले विवादपछि पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रमीला त्रिवेणी नगरपालिका–६ जलजलेमा चिया व्यापार गर्थिन् ।
उनीहरूका दुईजना बच्चा छन् । शमशेर तामाङको घरमा डेरा लिएर प्रमीलाले चियाको व्यापार गर्दै आएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ असोज २०८१, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियामा शिक्षिकाद्वारा ८ वर्षीया बालिकाको हत्या
अछाममा दुई किशोरीको हत्या आशङ्कामा दुईजना पक्राउ, अनुसन्धान जारी
धनुषामा श्रीमानले गरे श्रीमतीको हत्या
कैलालीमा भाइले गरे दाइको हत्या
रुपन्देहीमा एक मजदुरद्वारा अर्का मजदुरको हत्या, आरोपी पक्राउ
बेंगलुरुमा नेपाली बालिकाको यौन दुर्व्यवहारपछि हत्या