साफ वुमन्स च्याम्पियनसिपको तयारी पूरा

सफल खबर संवाददाता

मंगलबार, २९ असोज २०८१, १५ : ४३
साफ वुमन्स च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं। घरेलु मैदानमा हुने सनफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेर च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुनेछ । एन्फा प्रवक्ता सुरेश शाहले सबै तयारी पूरा भएको बताउँदै ३ टिम आइसकेको र दुई टिम आउट बाँकी रहेको जानकारी दिए ।

केही टिम र अफिसियलहरु बुधबार बिहानसम्म आईपुग्ने उनले जानकारी दिए। यस्तै दशरथ रंगशाला तयारी अवस्थामा रहेको एन्फाले जनाएको छ । ‘दशरथ रंगशाला खेलका लागि तयार छ । खेल्नका लागि राम्रो कन्डिसनमा छ । एन्फाका टुर्नामेन्ट डिरेक्टर सन्जिव मिश्रले भने ।

प्रतियोगितामा नेपाल लगायत माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी सात टिमले सहभागिता जनाउँदैछन्। सहभागी टोलीहरुमध्ये पाकिस्तान, माल्दिभ्स र बंगलादेश आइसकेको र भारत र भुटान बुधबार बिहान सम्म काठमाण्डौ बाइपुग्ने पनि जानकारी गराउदछु।’

प्रतिक्रिया दिनुहोस