व्यापारीलाई पार्टी भवन बनाउन दिएर २८ लाख मतदाताको अपमान भयो : बिन्दा पाण्डे

सफल खबर संवाददाता

सोमबार, २८ असोज २०८१, १३ : २६
व्यापारीलाई पार्टी भवन बनाउन दिएर २८ लाख मतदाताको अपमान भयो : बिन्दा पाण्डे

काठमाडौँ । एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले व्यापारी मीनबहादुर गुरुङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिने कदमले पाँच लाख पार्टी सदस्य २८ लाख मतदाताको अपमान भएको बताएकी छन् । उनले तत्काल यो गलत निर्णय सच्चाउन आग्रह गरेकी छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि भवनको शिलान्यास गरेका थिए । उक्त भवन भाटभटेनी सुपर स्टोरका मीनबहादुर गुरुङले बनाइदिन लागेका हुन् । भवन शिलान्यासमा गुरुङ दम्पती पनि सहभागी थिए ।

सत्तारुढ दलकै भवन व्यापारीको प्रत्यक्ष लगानी र सहयोगमा बनाउने निर्णयबारे एमाले भित्र अन्य नेताहरू पनि असन्तुष्ट छन् । यी क्रममा पाण्डेले भने सोमबार सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो धारणा बाहिर ल्याएकी हुन् । 

‘पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो, ‘उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस