वीपी राजमार्गमा भोलिदेखि रुट अनुमति लिएका गाडीहरू चल्ने

सफल खबर संवाददाता

सोमबार, २८ असोज २०८१, १४ : ४२
वीपी राजमार्गमा भोलिदेखि रुट अनुमति लिएका गाडीहरू चल्ने

काठमाडौँ। वीपी राजमार्गमा भोलि (मंगलबार)देखि रुट अनुमति लिएका गाडीहरू चल्ने भएको छ ।

सडक डिभिजन, भक्तपुरका अनुसार बाढी तथा पहिरोले क्षतिग्रस्त बनेको राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरू चल्न दिइएको छ ।

दसैँका लागि घर गएकाहरू फर्किने समय भएकाले यातायात व्यवसायीहरूले आज सोमबारदेखि ठुला बसहरू समेत चलाउन खोजेका थिए । तर चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सनमा समस्या छ ।

साँझसम्म सुधार गरेपछि अनुमति प्राप्त सवारी साधन सावधानी पूर्वक सञ्चालन गर्न दिन लागिएको बताइएको छ । 

भकुन्डेबेसी बर्षेखोला खण्डमा अहिले पनि सुख्खा पहिरो झर्ने जोखिम छ । रातको समयमा यात्रा नगर्न समेत सबैलाई आग्रह गरेको छ । वीपी राजमार्गमा साना सवारी मात्र सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस