विश्व कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

सफल खबर संवाददाता

सोमबार, २८ असोज २०८१, १७ : ०५
विश्व कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । चीनको शिशपाङ्मा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर आइपुगेका पर्वतारोहीहरूलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ।

सोमबार नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष समारोहको आयोजना ९ जना विश्वकीर्तिमानी आरोहीहरूलाई भव्य स्वागत गरेको हो।

विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बनेकी दावा याङ्जुम शेर्पा, विश्वकै सबैभन्दा कान्छो आरोही बन्न सफल भएका १८ वर्षीय निमा रिञ्जी शेर्पा, ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू ५०औँ पटक आरोहण गरेका तथा अक्सिजनबिना ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू छोटो समयमा आरोहण गर्न सफल निर्मल पुर्जालाई भव्य रूपमा स्वागत गरिएको छ ।

यस्तै आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो आरोही बन्न सफल तेजन गुरुङ, सोलुखुम्बुको थामेबाट १४ वटा शिखरहरू चुम्ने पहिलो आरोही बन्न सफल पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू सफलतापूर्वक आरोहण गर्न सफल मिङ तेम्बा शेर्पासहित ९‌ जना नेपाली पर्वतारोहीहरूलाई बाजागाजासहित भव्य रूपमा स्वागत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस