नेपालसहित ३३ देशद्वारा इजरायली सेनाबाट शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

सफल खबर संवाददाता

मंगलबार, २९ असोज २०८१, १० : ४९
नेपालसहित ३३ देशद्वारा इजरायली सेनाबाट शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

काठमाडौ । नेपालले लेबनानमा इजरायलले संयुक्त राष्ट्र संघका शान्ति सैनिकविरुद्ध गरेको आक्रमणको कडा निन्दा गरेको छ। 

युनिफिल अर्थात् संयुक्त राष्ट्र अन्तरिम बल लेबनानले आइतबार इजरायली सेना मुख्य गेट तोडेर शान्ति सैनिकको आधार क्षेत्रमा घुसेको र गोलाबारी गरेको बताएको थियो। जसको धुवाँले १५ जना शान्ति सैनिकलाई छालाको जलन र पेटसम्बन्धी समस्या भएको जनाइएको छ। 

सो घटनाविरुद्ध परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी नेपालका तर्फबाट निन्दा गरेको हो।

‘नेपाल हालै युनिफिल शान्ति सैनिकमाथि भएको हमलाको कडा निन्दा गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘र, संघर्षरत् दुवै पक्षलाई उनीहरू (शान्ति सैनिक) को सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ। यस्ता गतिवधि तुरन्त रोक्न र घटनाको विस्तृत अनुसन्धान गर्न आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस