कैलाली । कैलालीमा बञ्चरो प्रहार गरेर एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।
शुक्रबार राति एक बजेतिर चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीकी ४७ वर्षीया हिरादेवी चुनाराको हत्या भएको हो।
हत्या आरोपमा उनका श्रीमान् ५५ वर्षीय डम्मर बहादुर चुनारालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार डम्बरले हिरादेवीको टाउकोमा बञ्चरो प्रहार गरेका थिए। बञ्चरो प्रहार गर्ने डम्मरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले नियन्त्रणमा लिएको छ।
घरायसी विवादमा उनले पत्नीको हत्या गरेका प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ असोज २०८१, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवरद्वारा भाउजूको हत्या
ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या
निलबाराही जङ्गलमा मृत फेला परेका राईको हत्या भएको खुलासा
ससुराली हिँडेका शिवशंकरको विभत्स हत्या, जंगलमा भेटियो शव
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ