काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट आएको छ । साताको दोस्रो दिन नेप्से सोमबार १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ ।सरकारले कोरोना नियन्त्रणका लागि अपनाएका गतिविधिबाट शेयर बजार बढ्ने अनुमानका बीच यो साता दुई दिन नै बजार ओरालो लागेको हो । सोमबार कारोबार रकम समेत ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार भएको छ ।
यसबाट लगानीकर्ताले अघिल्लो साता बढेको बजारबाट नाफा बुक गरि बाहिरिएको अनुमान गर्न सकिन्छ । सोमबार कुल २२८ कम्पनीको १ लाख १३ हजार २ सय ५ वटा कारोबार भयो । यो कारोबारबाट १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता शेयर किनबेच भएको छ ।
सोमबार सबै परिसूचक राताम्य रहृयो । यसमा पनि सबैभन्दा बढी वित्त, विकास बैंक र जलविद्युत उपसमुहका लगानीकर्ताले बढी गुमाए । उच्च अंकले घटेको बजारमा पनि वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युत कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले बढ्यो ।
ज्योती लाइफ इन्स्यूरोन्स र गुर्खाज फाइनान्सको समेत मूल्य बढेको छ । सबैभन्दा बढी गुमाउने कम्पनीमा कणरली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो, आशा लघुवित्त वित्तीय संस्था, ओरियन्टल होटेललगायत रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० माघ २०७८, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार सामान्य अङ्कले बढ्यो, पौने चार अर्बको कारोबार
नेप्से २७ अंकले घट्यो , ४ अर्ब ५९ करोडको कारोबार
नेप्से दोहोरो अंकले बृद्धि, सात अर्ब बढीको कारोवार
नेप्सेमा २६ अंकको गिरावट, ६ अर्ब ७७ करोडकाे काराेबार
नेप्सेमा ४४ अंकको वृद्धि , ३ अर्ब ७१ करोडको कारोबार
नेप्सेमा २३ अङ्कको गिरावट