नेप्सेमा ४४ अंकको वृद्धि , ३ अर्ब ७१ करोडको कारोबार

सफल खबर संवाददाता

सोमबार, १४ असोज २०८१, १५ : २९
नेप्सेमा ४४ अंकको वृद्धि ,  ३ अर्ब ७१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज ४४ अङ्कको वृद्धि भएको छ । सोमबार नेप्से ४४.४५ अङ्कले बढेर २५०८.८६ विन्दुमा रोकिएको हो । आज ३१९ कम्पनिको कारोबार हुदा ९७ लाख १७ हजार ९५९ कित्ता शेयर ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार ९३५ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज सिइडीबी हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज प्रभु सेलेक्ट फन्डको शेयर मुल्य सबै भन्दा बढी ९.३६ प्रतिशतले घटेको छ ।

त्यसैगरी आज सिइडिबी हाइड्रोको सबै भन्दा बढी १७ करोड ६९ लाख ६४ हजारको शेयर कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस