कञ्चनपुरमा डेढ लाखसहित ३७ जुवाडे पक्राउ

सफल खबर संवाददाता

विहीबार, २४ असोज २०८१, १९ : ४८
कञ्चनपुरमा डेढ लाखसहित ३७ जुवाडे पक्राउ

काठमाडौँ । कञ्चनपुरका विभिन्न ठाउँबाट जुवा तास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् । उनीहरूबाट डेढ लाख बढी रकम समेत बरामद भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार कृष्णपुर नगरपालिका ४ किचाईबाट १ लाख २७ हजारसहित १० जनलाई पक्राउ गरिएको छ । यसैगरी लालझाडी गाउँपालिका ६ चान्देउबाट ५२ हजार सहित २७ जनालाई पक्राउ गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस