टाटा समुहको नेतृत्व अव कस्ले गर्छ ?

एजेन्सी

विहीबार, २४ असोज २०८१, ०९ : १०
टाटा समुहको नेतृत्व अव कस्ले गर्छ ?

एजेन्सी । टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाको बुधबार राति करिब ११ः३० बजे निधन भएको छ ।

अहिलेसम्म टाटा समूहको सर्वोच्च पदमा टाटा परिवारका सदस्य रहदैँ आएका थिए तर यस्तो अवस्थामा धेरैको मनमा प्रश्न छ कि रतन टाटाको विदाई पछि उनको विरासत कसले सम्हाल्छ ? अहिले समूहको कमान्ड एन चन्द्रशेखरनसँग छ, उनी टाटा परिवारका होइनन्।

१८६८ मा यसको स्थापना पछि १९०४ सम्म यस समूहको संस्थापक जमसेटजी एन टाटाले सुरुको नेतृत्व गरेका थिए । उनी पछि समूहको जिम्मेवारी सर दोराबजी टाटा, जेआरडी टाटा र २०१२ मा रतन टाटाले गरेका थिए ।  हाल, रतन टाटाका सौतेनी भाइ नोएल नवल टाटाका छोराछोरी लेह, माया र नेभिल अन्य पेशेवरहरू जस्तै कम्पनीमा काम गरिरहेका छन्।

जेठी छोरी लेह टाटाले स्पेनको म्याड्रिडको आईई बिजनेस स्कूलबाट मार्केटिङमा स्नातकोत्तर गरेकी छिन्। २००६ मा, उनी ताज होटल रिसोर्ट्स र प्यालेसमा सहायक बिक्री प्रबन्धकको रूपमा सामेल भएकी थिईन । हाल उनी द इन्डियन होटल्स कम्पनी लिमिटेडको उपाध्यक्षको रूपमा कार्यरत छिन्।

कान्छी छोरी माया टाटा समूहको प्रमुख वित्तीय सेवा कम्पनी टाटा क्यापिटलमा विश्लेषकको रूपमा सामेल भइन् । जबकि उनका भाइ नेभिल टाटाले ट्रेन्टमा आफ्नो व्यावसायिक यात्रा सुरु गरे।

प्रतिक्रिया दिनुहोस