नेप्सेमा २६ अंकको गिरावट, ६ अर्ब ७७ करोडकाे काराेबार

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, १५ : २१
नेप्सेमा २६ अंकको गिरावट, ६ अर्ब ७७ करोडकाे काराेबार

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २६ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से २६.०७ अंक घटेको हो । सो गिरावटपछि नेप्से २५९७ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७७ करोडमै सीमित भयो ।

५४ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ३ को स्थिर रह्यो । फाइनान्सबाहेकका सबै क्षेत्रगत सूचक घटेका छन् । फाइनान्स १.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.७१, विकास बैंक १.३८, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.७४, लगानी १.५२, जीवन बीमा ०.४०, उत्पादन १.७९, माइक्रोफाइनान्स १.१२, निर्जीवन बीमा १.८२, व्यापार १.१८ प्रतिशत घटे ।

थ्रीस्टार हाइड्रोपावर र स्वरोजगार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । इस्टर्न हाइड्रोपावरको ९.४५, अपरहेवाखोलाको ८.०२, नेपाल वेयरहाउजिङको ७.७, उपकार लघुवित्तको ७.६, गुडविल फाइनान्सको ७.१ तथा गुराँस लघुवित्तको ४.२ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको १० तथा न्यादी हाइड्रोपावरको ९.२ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, गुडविल फाइनान्स, नेपाल बैंक र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

 

प्रतिक्रिया दिनुहोस