पुण्य गाैतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका कार्यकर्ता, दुइ पक्राउ

सफल खबर संवाददाता

विहीबार, २४ असोज २०८१, १८ : ३३
पुण्य गाैतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका कार्यकर्ता, दुइ पक्राउ

काठमाडाैं । अभियन्ता पुण्य गाैतम माथी रड प्रहार गर्ने २ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । 

गत २१ गते राती जाेरपाटीस्थित निवास गइरहेकाे बेला गाैतम माथी रड प्रहार भएकाे थियाे । जसका कारण उनी गम्भिर घाइते भइ नेपाल मेडिकल कलेजकाे अाइसियुमा भर्ना हुनु परेकाे थियाे । अभियन्ता गाैतम खतरामुक्त छन ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा मेडिकल ब्यावसायी दुर्गा प्रसाइका कार्यकर्ताहरू काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर च्यामासिहं बस्ने बर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ र रसुवा नवकुण्ड गाउपालिका –०५ घर भई गोकर्णेश्‍वर नपा– ४ बस्ने बर्ष ४१ को मिलन भन्ने दिल बहादुर गङदानले साे रड प्रहार गरेकाे खुल्न अाएकाे छ ।

प्रहरीका अनुसार साे घटनाकाे अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस