सर्वोच्चद्वारा पूर्वडीआइजी जोशीको मुद्दा दोस्रो पटक खारेज

सफल खबर संवाददाता

बुधबार, २३ असोज २०८१, २० : ५०
सर्वोच्चद्वारा पूर्वडीआइजी जोशीको मुद्दा दोस्रो पटक खारेज

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका नेपाल प्रहरीका पूर्व डिआइजी एवं गोर्खा मिडियाका एक सञ्चालक छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन सर्वोच्च अदालतले दोस्रो पटक खारेज हुने फैसला सुनाएको छ। 

न्यायाधीश कुमार रेग्मीको इजलासले गैरकानुनी थुनामा राखेको दाबी गर्दै जोशीका छोरा रोचक जोशीले दर्ता गराएको मुद्दा दोस्रो सुनुवाइमा खारेज हुने फैसला सुनाएको हो । यसअघि असोज २१ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । सर्वोच्चले यसअघि असोज १६ गते रिट खारेज हुने फैसला गर्दै धरौटीमा रिहा गर्ने प्रहरीलाई ध्यानाकर्षणको आदेश गरेको थियो । तर यस पटक भने खारेज हुने फैसला सुनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस