गाई काटेको अभियोगमा २ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, १२ : ०६
गाई काटेको अभियोगमा २ जना पक्राउ

रोल्पा । सुनिलस्मृति गाउँपालिका ८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त स्थानमा गाई काटी खाईरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४/४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।