स्रोत नखुलेको १९ लाख रूपैयाँ सहित दुई जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २२ असोज २०८१, ०८ : ५५
स्रोत नखुलेको १९ लाख रूपैयाँ सहित दुई जना पक्राउ

दोलखा । स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दोलखा विगु गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र काठमाडौं महानगरपालिका-२३ न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली रहेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट साबित्रीलाई स्रोत नखुलको १५ लाख रूपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो । 

साथै थप अनुसन्धानको क्रममा साबित्री विगत १ वर्षदेखि काठमाडौं न्यूरोडस्थित भारतीय नागरिकको अफिसमा काम गर्ने बताए पश्चात उक्त अफिस जाँच गर्ने क्रममा उनकै भाई सुरेशको साथबाट थप ४ लाख रूपैयाँ फेला पारी उनलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा  आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।