सिंहदरबारस्थित दक्षिण गेट अगाडिबाट ६ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २० असोज २०८१, १६ : ११
सिंहदरबारस्थित दक्षिण गेट अगाडिबाट  ६ जना पक्राउ

काठमाडौँ । सिंहदरबारस्थित दक्षिण गेट अगाडिबाट  ६ जना पक्राउ परेका छन्।  दक्षिण गेटअगाडि प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो उनीहरू पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेललगायत  सुनिता बुढाथोकी, युवराज थापा, अर्जुन बोगटी, अरुण बोगटीसहित ६ जना रहेका छन् । उनीहरू बाढी पीडितहरूका लागि राहत व्यवस्था गर्न माग गर्दै सिंहदरबार गेटमा भेला भएर प्रदर्शनमा उत्रिएका थिए । 

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस