दोहोरो अंकले बढ्यो सेयर बजार ,कारोबार रकम ७ अर्ब १२ करोड

सफल खबर संवाददाता

सोमबार, २६ पुस २०७८, १६ : ०२
दोहोरो अंकले बढ्यो सेयर बजार ,कारोबार रकम ७ अर्ब १२ करोड

काठमाडौं । साताको दोस्रो दिन आज नेप्से १९.४३ अंकले वृद्धि भएको छ । ०.७० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७८४.९५ अंकमा पुगेको छ ।

२ सय ३६ वटा कम्पनीको १ करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता सेयर खरिदबिक्रीमा आज ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रूपैयाँ कारोबार भयो ।

आज भोटेकोशीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । सबैभन्दा धेरै गोर्खाज फाइनान्सको कारोबार भएको छ । गोर्खाज फाइनान्सको २२ करोड ७७ लाख ४० हजार ९ सय १७।६० रूपैयाँको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस