सिन्धुलीमा भेटियो उँट

सफल खबर संवाददाता

मंगलबार, २२ असोज २०८१, १४ : ३१
सिन्धुलीमा भेटियो उँट

सिन्धुली । मरुभूमिमा पाइने जनावर उँट सिन्धुलीमा फेला परेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको हो ।

मंगलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिएका छन् । उँट कहाँबाट आयो भन्नेबारे स्पष्ट भएको छैन ।

उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ । उँट चढ्ने प्रयोजनको लागि मेला महोत्सवमा लगिने गरिन्थ्यो । त्यही क्रममा फुत्किएर आएको हुनसक्ने आशंका गरिएको छ । तर, अहिलेसम्म यस उँटलाई कसैले पनि दाबी गर्न नआएको वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस