नेवानिको टिकट एक रातमा सबै बिक्री

सफल खबर संवाददाता

मंगलबार, २२ असोज २०८१, १२ : ३२
नेवानिको टिकट एक रातमा सबै बिक्री

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)ले काठमाडौं भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्री भएको जनाइएको हो ।

नेवानिका प्रवक्ताका अनुसार काठमाडौं भैरहवा रुटमा एक सय ५८ सिट नै बिक्री भएको र भैरहवा काठमाडौं रुटका लागि आज बिहान सबै टिकट बिक्री भएको जानकारी दिए । फूलपातीको दिन नेवानिले एक सय ८५ सिटे न्यारोबडी जहाजले काठमाडौं-भैरहवा-काठमाडौं उडन गर्न लागेको छ ।

माग उच्च भएपनि नेवानिले एउटा मात्र उडान राखेकोले जहाज अभावमा थप उडान राख्न नसकेको नेवानिका अधिकृतहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस