दशैंको बेला नयाँ श्रम स्वीकृति दिन बन्द हुने

सफल खबर संवाददाता

बुधबार, २३ असोज २०८१, १६ : ३०
दशैंको बेला नयाँ श्रम स्वीकृति दिन बन्द हुने

काठमाडौँ । वैदेशिक रोजगारीमा जानका लागि दिइने श्रम स्वीकृति दसैँ बिदामा बन्द हुने भएको छ । दशैं बिदामा नयाँ श्रम स्वीकृति बन्द हुने तर, यसअघि नै डेट (टोकन) लिइसकेकाहरूको हकमा भने दिइने वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले भोलीबाट नयाँ श्रम स्वीकृति नदिइने बताए । दसैँपछि श्रम स्वीकृति दिन थालिने उनको भनाइ छ ।यसअघि नै टोकन लिइसकेकाहरूको हकमा भने श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको बताए । दसैँ तिहार जस्ता चाडपर्वमासमेत नेपालीहरूको वैदेशिक रोजगारको यात्रा भने रोकिँदैन । दसैँको टिकाकै दिन समेत सयौँको सङ्ख्यामा नेपालीहरूमा वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा वैदेशिक रोजगारीमा जान ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । भने भदौमा ५७ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका थिए । 

प्रतिक्रिया दिनुहोस