सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

मंगलबार, २२ असोज २०८१, १२ : २७
सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आज सुन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस