सिरहा । सिरहामा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।गोलबाजर नपा ४ शिवचौकस्थित रुमभाडा लिएर औषधि पसल चलाउँदै आएका पसल सञ्चालक ४६ वर्षीय जगदिश कुमार साह र ४३ वर्षीय दिलीप कुमार साहलाई प्रहरीले बेनाड्रिल १३ थान, पेन्टाजोसिन इन्जेक्सन १८८ वटा र पेन्टाजोसिन ल्याक्टेड इन्जेक्सन २३० सहित पक्राउ गरेको हो । दुबै अभियुक्त दाजुभाई हुन् ।
इलाका प्रहरी कार्यालय गोलबजार र प्रदेश प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनीहरुले चलाइरहेको औषधि पसल र घरबाट लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई लागुऔषध कारोवार मुद्दामा म्याद थप गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरु करिब २० वर्षदेखि गोलबजारमा प्रतिबन्धित लागुऔषधको कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ भदौ २०७८, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित ४ जना पक्राउ
स्कुटर चोरीमा संलग्न दुई जना पक्राउ
रिंकु सदाय मृत्यु प्रकरण- पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ
२० किलो चाँदीसहित काठमाडौँबाट ५ जना पक्राउ
रिंकु मृत्यु प्रकरणका मुख्य आरोपी पक्राउ
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ