तनहुँ । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले ५७ लाख हिनामिना गरेको भन्दै एक शिक्षकले आज अख्तियार दुरुपयोग अनुसंधान आयोग र जिल्ला प्रशासन कार्यलय काठमाडौंमा छानविनका लागि निवेदन दिएका छन् । तीन वर्षदेखि अडिट नै नगरी बेरुजु देखाइएको भन्दै अनुसन्धानको माग गर्दै उजुरी परेको हो ।
स्थायी शिक्षक हकहित मञ्चका अध्यक्षसमेत रहेका तनहुँ, म्याग्दे–६ स्थित रत्न माविका प्रधानाध्यापक रमेशबाबु भट्टराईले अख्तियारसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका हुन् ।
भट्टराईले अनलाइन र प्रतिनिधिमार्फत भौतिक रुपमा आइबार निवेदन दिएको जानकारी दिए । ‘इमेल र प्रतिनिधिमार्फत उजुरी दर्ता गराएको छु,’ उनले भने, ‘६ हजार तलब खाने शिक्षकबाट उठाएको लेबीबाट भ्रष्टाचार गर्नेलाई छानबिन गरी कानूनी दायरामा ल्याउनुपर्छ भनेर उजुरी दिएको हुँ ।’
महासंघले हिनामिना गरेको ५७ लाख तीन वर्षदेखि निरन्तर बेरुजु देखाउँदै आइरहेको र उक्त विषयमा छानबिनका लागि निवेदन दिएको भट्टराईले बताए ।
स्थायी शिक्षक मञ्चका संयोजक समेत रहेका भट्टराईले भ्रष्टाचारीको संरक्षण गर्नु हुँदैन भनेर उजुरी गरेको बताए । उनले भने, ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अनुरुप उजुरी दिएको हुँ ।’
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०७ असार २०७८, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहबाट शिक्षकको सरुवा र राजीनामा गराउने धम्की आयो: शिक्षक महासंघ
शिक्षक महासंघका अध्यक्ष र पदाधिकारीलाई फेरि वार्तामा बोलाइयो
शिक्षक महासंघ र सरकारबीच ५ बजे वार्ता
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
कार्यवाहक प्रधानमन्त्रीसहितको सरकारी टोलीले बोलाएको वार्तामा गएन शिक्षक महासंघ