दाङ । दाङको तुलसीपुर स्थित टिकरीमा गोली चलेको छ। गोली चलाएको आरोपमा दुई जनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तुलसीपुर(८ टिकरी बस्ने २४ वर्षीय पूर्ण वली र २१ वर्षीय आकाश चौधरी रहेको प्रहरीले बताएको छ।
उनीहरुलाई शुक्रबार दिउँसो टिकरी नजिकै अश्वारा गनारी कुलोबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए।
जग्गा विवादमा गोली चलेको बताइएको छ। तर कसलाई गोली प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ जेठ २०७८, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुटवलमा युवतीमाथि गोली प्रहार
गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार
दिल्लीमा मध्यराति युवती माथि गोली प्रहार
मोटरसाइकलमा सवार युवकमाथि गोली प्रहार
दाइले प्रहार गरेको गोली लागेर भाइको मृत्यु, दाजु फरार
आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु