गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०८२, ०९ : ३८
गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार

काठमाडौं । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार मध्यरातमा गोली प्रहार भएको छ ।

 राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं। १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए । 

अध्यक्षलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको प्रहरीको भनाई छ । राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको घटना भएको जानकारी दिएको स्पष्ट पार्दै घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको नायब उपरीक्षक अधिकारीले जनाए ।

 

प्रतिक्रिया दिनुहोस