बुटवलमा युवतीमाथि गोली प्रहार

सफल खबर संवाददाता

शनिबार, ०६ बैशाख २०८२, १० : ५९
बुटवलमा युवतीमाथि गोली प्रहार

बुटवल । बुटवलमा युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार बुटवलको बुद्धनगरमा बस्ने टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । 

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बुटवल-११ मा बस्ने युवतीमाथि गोली चलेको बताए ।

कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको प्रजिअ घिमिरेको भनाइ छ । युवतीको कम्मरमाथि गोली लागेको छ ।

उनी पाल्पाको रैनादेवी छहरा घर भइ बुटवल-११ बुद्धनगर बस्दै आएकी थिइन् । 

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने व्यक्तिको प्रहरी खोजीका लागि नेपाल-भारत सीमा नाकामा कडाइ गरेको छ । 

प्रतिक्रिया दिनुहोस