काठमाडौ। हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको १ करोड रुपैयाँ प्रदान गरेको छ । बैंकले काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड रुपैयाँ प्रदान गरेको हो ।
बैंक संचालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समाहरोका बीच सो सम्बन्धी चेक हस्तान्तरण गरे ।
उक्त अवसरमा बैंकका कार्यकारी अधिकृत अशोक शम्सेर राणा, महाप्रबन्धकहरु सुशिल जोशी, अनुप मास्के, सहायक महाप्रबन्धक विपिन हाडा तथा ट्रष्टका संचालक प्रतिमा पाँडेको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ फागुन २०७७, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमालयन बैंकको ४ लाख २८ हजार संस्थापक सेयर बिक्रीमा
हिमालयन बैंकको शाखा स्थानान्तरण
हिमालयन बैंकको गोंगबु शाखा स्थानान्तरण