शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग

सफल खबर संवाददाता

मंगलबार, १६ बैशाख २०८२, १३ : ४०
शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकहरूका जायज माग तत्काल पूरा गर्नुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा थिङले सरकारले पटक पटक गरेको सम्झौता कार्यान्वयन नहुँदा शिक्षकहरू आन्दोलनमा आउनुपरेको भन्दै उनीहरूको जायज माग छिटो पुरा गर्नुपर्ने बताएकी हुन् ।

उनले आन्दोलनका क्रममा शिक्षकहरूमाथि भएको दमन निन्दनीय रहेको भन्दै सरकारले राम्रो काम नगरेको उल्लेख गरिन् । लामो समयदेखि शिक्षकहरूले आन्दोलन जारी राख्नुको कारण पत्ता लगाएर समाधान खोज्नुपर्नेमा उनले जोड दिइन् ।

थिङले शिक्षकहरूले पनि स्पष्ट रूपमा आफ्नो मागका बारेमा सरकारलाई जानकारी गराउँदै विद्यालय फर्कने वातावरण बनाउन आग्रह गरिन् ।