काठमाडौं । कोरोनाभाइरसका कारण केही समय शिथिल देखिएको चीनको अर्थतन्त्रमा अहिले व्यापक सुधार आउन थालेको छ । यसै वर्षको गत सेप्टेम्बरमा चीनमा ट्रक र बस समेतका सवारी साधनको बिक्रीमा उल्लेख्य सुधार आएको छ ।
चिनियाँ अटोमोबाइल उत्पादक संघका अनुसार गत अगष्ट महिनाको तुलनामा सेप्टेम्बर महिनामा १७.४ प्रतिशतले वृद्धि भएको छ अर्थात अघिल्लो वर्षको भन्दा झण्डै २६ लाख सवारी साधन बढी बिक्री भएका छन् । अगष्टमा ११.६ प्रतिशतले सवारी साधनको बिक्री बढेको थियो ।
यस वर्षको पहिलो नौ महिनामा अघिल्लो वर्षको तुलनामा ६.९ प्रतिशतले सवारी साधनको बिक्री घटेको थियो ।
चीनमा कोरोनाभाइरसका कारण कलकारखाना बन्द गर्नुअघि नै सवारी साधनको बिक्रीमा गत वर्षदेखि नै कमी आउन थालेको थियो । चीनका खस्किदो आर्थिक वृद्धि र अमेरिकासँगको व्यापार युद्धले पनि यस क्षेत्रमा असर परेको चिनियाँ विश्लेषकहरुले बताएका छन् ।
गत वर्ष पनि सवारी साधनको बिक्रीमा ९.६ प्रतिशतले कमी आएको थियो । सवारी साधनको बिक्री घटेको यो लगातार दोस्रो वर्ष हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २७ असोज २०७७, १९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हराएका २७ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित
बीपी राजमार्गमा निर्वाध चल्न थाले सवारी साधन
हराएका २६ ओटा दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण
हराएका २१ वटा दुईपाङ्ग्रे सवारी साधन भेटिए
काठमाडौँ उपत्यकाका चार वटा ट्रायल सेन्टरमा रोकियो लाइसेन्सको ट्रायल