काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का परीक्षार्थीसंग रजिष्ट्रेशन र परीक्षा शुल्क वापत असुलेको ५२ करोड रुपिँयाको बारेमा कुनै निर्णय गर्न सकेको छैन ।
यो वर्षदेखि कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएपछि बोर्डले उठाएको रकमको बारेमा निर्णय गर्न सकेको छैन ।
बोर्डले कक्षा ११ मा रजिष्ट्रेशन वापत ४ सय र परीक्षा सञ्चालन खर्च ६ सय गरी प्रति बिद्यार्थी एक हजार रुपिँया संकलन गरेको थियो । विद्यालयले परीक्षा नै नभएपछि उक्त रकम फिर्ता गर्नुपर्ने तर्क गर्न थालेका छन । कक्षा ११ मा करिब ५ लाख २८ हजार परीक्षार्थी सामेल हुने अवस्थामा थिए ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले प्रश्नपत्र र उत्तरपुस्तिका छपाईमा केही रकम खर्च भएको जानकारी गराउदै बांकी रकम के गर्ने भन्ने विषयमा छलफल भैरहेको बताउनुभयो । उहाले भन्नुभयो–सबै कार्यालयबाट हिसाब मागिरहेका छौ, हिसाब आएको केही दिनपछि बाँकी रकम के गर्ने ? भन्ने विषयमा निर्णय गर्नेछौ ।
बोर्डले प्रश्नपत्र र उत्तरपुस्तिका छपाईमा कति खर्च भयो ? भन्ने विषयमा यकिन हिसाब निकाल्ने तयारीमा छ । बोर्डको बैठकले सबै आर्थिक विवरण तयार भएपछि बांकी रकम विद्यालयलाई नै दिने गरी तयारी गरिरकेको छ । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ साउन २०७७, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा गर्ने निर्णय भएको थिएन : राष्ट्रिय परीक्षा बोर्ड
१२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्नू: राष्ट्रिय परीक्षा बोर्ड
अब कक्षा ९ मा मात्र रजिस्ट्रेशन
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा समस्या
एसईई पूरक परीक्षाको नतिजा असोज पहिलो साता