काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को ग्रेडवृद्धि परीक्षाको नतिजा असोज पहिलो साता सार्वजनिक गर्ने भएको छ । असोज पहिलो साता नतिजा निकाल्ने गरी तयारी भइरहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
गएको साउन २३ देखि ३१ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ननग्रेडेड भएका सबै विद्यार्थी सहभागी थिए । ०८० को एसईईमा सहभागी चार लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये दुई लाख ४२ हजार ३१३ जना ननग्रेडेड भएका थिए ।
तीमध्ये एक विषयमा मात्र ६७ हजार ७९६ विद्यार्थी अनुत्तीर्ण भएका थिए । दुई विषयमा ननग्रेडेड भएका विद्यार्थी ४८ हजार ३८ थिए । एक लाख २६ हजार २९७ विद्यार्थी दुईभन्दा बढी विषयमा ननग्रेडेड भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्नू: राष्ट्रिय परीक्षा बोर्ड
अब कक्षा ९ मा मात्र रजिस्ट्रेशन
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा समस्या
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने