काठमाडौं । कैलालीको एक क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटना निन्दनीय र गम्भीर भएको नेपाली काँग्रेसले बताएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गरी घटनामा जो कोही सामेल भए पनि बिना कुनै मोलाहिजा कडा कारबाही गर्न माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, 'कैलालीको घटनामा दोषीलाई कानूनी कारबाही सँगसँगै क्वारेन्टिनहरुको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरुरी छ । मापदण्ड विपरीतका अव्यवस्थित क्वारेन्टिनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएका छन् ।'
क्वारेन्टिनमा बलात्कारसम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको विज्ञप्तिमा उल्लेख छ ।
'हामीसँग ३ तहका सरकार छन् तर क्वारेन्टिनमा एउटा चेलीको रक्षा गर्न असमर्थ बन्छन् भने यो भन्दा लज्जास्पद घटना अर्को के हुनसक्छ रु क्वारेन्टिनको व्यवस्थापन र सुरक्षा सम्बन्धमा गम्भीर लापरबाही गर्नेहरुको नैतिक जिम्मेवारी यो घटनामा गाँसिन्छ कि गाँसिन्न ? ,'शर्माको प्रश्न छ । क्वारेन्टिन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको उनले बताए ।
क्वारेन्टिनका बेथितिहरु समेत विरुद्ध दबाब दिन काँग्रेसले भोलि असार २ गते स्वदेश र बिदेशबाट एकसाथ प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको शर्माले स्मरण पनि गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असार २०७७, १८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा
कांग्रेसमा ४० वर्ष मुनिका युवाहरूको सहभागिता सुनिश्चित गर्न माग
सिटौला निवासमा कांग्रेस संस्थापन पक्षको भेला
कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघले २५ वर्षपछि अधिवेशन गर्दै
आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै