बिहार । बिहारको अररियामा एक अभियुक्तलाई पक्राउ गर्न गएका स्थानीय र प्रहरीबिच बुधबार झडपको क्रममा लडेर एक सहायक उप–निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजीव रञ्जन मल्ल रहेका छन् ।
राजीव रञ्जन मल्ल अररियाको फुलकाहा प्रहरी चौकीमा कार्यरत थिए। बुधबार राति फुलकाहा प्रहरी चौकीले लक्ष्मीपुर भन्ने गाउँमा एक अभियुक्तको उपस्थितिको बारेमा सूचना प्राप्त गरेको थियो । त्यसपछि प्रहरी चौकीको सम्पूर्ण टोलीले राति अबेर गाउँमा छापा मारेको थियो।
यसै क्रममा गाउँलेहरूले उनलाई धकेले जसमा उनी गम्भीर घाइते भएको अररियाका एसपी अञ्जनीकुमारले बीबीसीलाई जानकारी दिए । उनले भने, ‘फुलकाहा प्रहरी चौकीका एएसआई राजीव रञ्जन मल्ल लागुऔषध तथा हातहतियार ऐनअन्तर्गत एक अभियुक्तलाई पक्राउ गर्न गएका थिए।
फुलकाहा प्रहरी चौकीको सम्पूर्ण टोली उनीसँगै थियो। अभियुक्तलाई पक्राउ गरेपछि गाउँलेहरूले एएसआईलाई धकेलेर छुटाउन खोजे।
उनले थपे, ‘यसैबीच, राजीव रञ्जन लडे, उनलाई उपचारको लागि अस्पताल ल्याइयो, जहाँ उनको मृत्यु भयो। शवको पोस्टमार्टम भइरहेको छ। त्यसपछि मृत्युको कारण थाहा हुनेछ।’ झडपको क्रममा अभियुक्त भाग्न सफल भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ चैतमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिबारे सूचना दिन प्रहरीको अुनरोध
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप
प्रदर्शनकारीहरू ढुङ्गा हान्दै बानेश्वरतिर अघि बढेपछि बल प्रयोग : प्रहरी
तीनकुनेमा प्रहरी र प्रदर्शनकारीबीच झडप, अश्रुग्यास प्रहार
नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना
हाेटलमा बाेलाएर बलात्कार गरेको भन्दै प्रहरी जवानविरुद्ध जाहेरी, आत्महत्याको प्रयास गरेकाे दावी