काठमाडौँ। धनगढीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् । भोलिदेखि सुरु हुने नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्न काँग्रेस सभापति देउवासहितका नेताहरू सहभागी हुने भएपछि नेविसंघका विद्यार्थीहरूले सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए ।
तर प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा आन्दोलनरत विद्यार्थीले ती झन्डा हटाएका हुन् ।
आन्दोलनमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेता सन्तोष जोशी लगायत देखिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका उनीहरूले सडकमा लगाइएका झन्डा हटाइदिएका हुन् ।
उनीहरूले झन्डा हटाउँदा नेविसंघका विद्यार्थीले विरोध गरेका थिए । त्यसक्रममा केहीबेर सडक अवरुद्ध भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, १३ : ४१
लेखकबाट थप