ललितपुर । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घको २९ औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास हुनुपर्ने बताएका हुन् ।
विगतमा भन्दा अहिले शिक्षाको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन आएको भन्दै नेपालमै गुणस्तरीय शिक्षा लिन सक्ने अवस्था बन्नु सुखद रहेको सिंहको भनाई छ । शैक्षिक नीति सुधारमा अङ्ग्रेजी भाषा नीति र अङ्ग्रेजी भाषा शिक्षाको क्षेत्रमा योगदान गर्न पनि सङ्घलाई आग्रह गरे ।
‘नयाँ शैक्षिक नीतिहरूको निर्माण, पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्नु सामूहिक प्रयास हुनुपर्छ भन्ने मेरो मत छ। पाठ्यक्रम, सिकाई सामग्री, शिक्षण विधिमा निरन्तर सुधार सुनिश्चित गर्न हामीले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयसँग हात मिलाएर नै काम गर्नुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।
सन् १९९२ मा स्थापना भएदेखि नै नेपालमा अङ्ग्रेजी भाषा शिक्षालाई अगाडि बढाउन एसोसिएसनले खेलेको भूमिका को उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै देशको दुर्गम क्षेत्रहरूमा अङ्ग्रेजी भाषाको शिक्षा र सिकाइलाई अभिवृद्धि गर्नमा थप भूमिका खेल्न पनि आग्रह गरे । ललितपुरमा आजबाट सुरु भएको सम्मेलन ३ दिनसम्म चल्ने आयोजक पक्षले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन : उपप्रधानमन्त्री सिंह
नेपाललाई जलवायु न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको छ : उपप्रधानमन्त्री सिंह
जनतामा निराशा बढेपछि कांग्रेस–एमाले सरकार बनाएका हौं : उपप्रधानमन्त्री सिंह