डोरीले बाटो छेके हामीलाई भन्नुहोलाः प्रहरी

सफल खबर संवाददाता

विहीबार, २९ फागुन २०८१, १२ : ३३
डोरीले बाटो छेके हामीलाई भन्नुहोलाः प्रहरी

काठमाडौं । होली पर्वको बहानामा विभिन्न स्थानमा डोरी तेर्साएर रकम माग गर्ने समूह फेला परे प्रहरीलाई खबर गर्न काठमाडौं प्रहरीले अनुरोध गरेको छ ।

काठमाडौं जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले सार्वजनिक बाटोमा हुने कुनै पनि अवरोध पन्छाउन प्रहरी तयार रहेको बताए । ‘डोरीले बाटो छेकेर कसैले पैसा मागेको छ भने प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरे हुन्छ, हामी आवश्यक कानुनी कारबाही गर्ने छौँ’, उनले भने ।

त्यसरी बाटो छेकेर पैसा उठाउने क्रममा सुरक्षा समस्या पनि हुने कारण प्रहरीले भेटेसम्म नियन्त्रणमा लिएको उनले बताए ।